संसारमा जातपात,धर्म र रंगको राजनीति पहिले पनि चल्दै आएको छ र अहिले पनि त्यो चलन छ र यो चलन पछि पनि चलिरहने छ !दुर्भाग्यवश,यो चरम विगत दशकदेखि हाम्रो देशमा जरा गाडेको छ । बिस्तारै हाम्रो देशका हरेक समुदायले दुनियाँमा अन्य सांप्रदायिक देशहरू झै आ-आफ्नो धर्म र जातको मुद्दा उठाउँदै आएका छन् भने यथार्थमा हाम्रो धर्म भनेको मानवता र जात राष्ट्रियता नै हो तर हाम्रो देश र समाजलाई अन्तिम रुपले कसरी व्याख्या गरिँदैछ भन्नेतर्फ राज्य सचेत तथा सजग हुनैपर्छ !!

